एसईई परीक्षाको परीक्षाफल प्रकाशित
राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर परीक्षाफल सार्वजनिक गरेको हो ।
नतिजाअनुसार एप्लस ल्याएर ९५९६ जना छात्र उत्तीर्ण भएका छन् भने छात्रा ७२८६ जना रहेका छन् ।
यसैगरी ए ग्रेड ल्याउनेमा छात्र २७२७९ र छात्रा २१६८१ जना रहेका छन् । बी प्लस ल्याउनेमा छात्र ३४१६६ र छात्रा २६५४०, बी ल्याउनेमा छात्र ३९०९५ र छात्रा ३५०१५ जना रहेका छन् ।
यसैगरी सी प्लस ल्याउनेमा छात्र ४५७८९ र छात्रा ५१५१०, सी ग्रेड ल्याउन छात्र ४२८८३ जना छात्रा ५२३२६ जना रहेका छन् ।
यसैगरी डी प्लस ल्याउनेमा छात्रमा १९१३३ र छात्रा २४७०७ जना रहेका छन् । यसैगरी डी छात्र १८६६ र छात्रा २५६३, ई ग्रेड ल्याउनेमा छात्र ४२२५ छात्रा ३९८२ रहेका छन् ।
विसं २०७५ चैत १० देखि ३० गतेसम्म सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागि भएका थिए ।
परीक्षाफल हेर्न नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी आवश्यक निर्देशनअनुसार सुन्न सकिन्छ। वेबसाइट goe.gov.np मा पनि हेर्न सकिन्छ। परीक्षाफल चित्त नबुझे नजिता प्रकाशन भएको मितिले १५ दिनभित्र शुल्क तिरेर हेर्न सकिन्छ।
यसबाहेक १६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसारको जानकारी भरेर पनि नतिजा थाहा पाउन सकिनेछ। यस्तै see.ntc.net.np मा गएर पनि नतिजा हेर्न सकिनेछ।
शिक्षा मन्त्रालयको वेबसाइट https://www.moe.gov.np/ , शिक्षा विभागको वेबसाइट http://www.doe.gov.np/ बाट समेत नतिजा थाहा पाउन सकिने जनाइएको छ।

