असिना पीडित किसानलाई पोखरा महानगरद्वारा राहत वितरण
पोखरा महानगरपालिकाले असिना पीडित किसानलाई राहत वितरण गरेको छ । पोखरामा एक कार्यक्रममा विच ३ सय भन्दा बढी असिना पीडित किसानलाई राहत वितरण गरिएको थियो ।
व्यक्ति तथा समूहलाई गरेर १८० लाई राहत रकम वितरण गरिएपनि समूहमा धेरै किसान भएकाले ३ सय बढी किसान लाभान्वित भएको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो ।

कडरियाका अनुसार एक जनालाई १ हजार ५ सय देखि १५ हजारसम्म राहत वितरण गरिएको छ । १ रोपनीसम्म लगाइएको बालीमा क्षेति पुगेकालाई १ हजार ५ सय, १ देखि ३ रोपनी जग्गामा लगाइएको बालीमा क्षेति पुगेको भए २ हजार ५ सय रुपैयाँ राहत स्वरुप दिइएको थियो ।
त्यस्तै ३ देखि ५ रोपनी जग्गामा लगाइएको बालीमा क्षेति पुगेको भए ४ हजार, ५ रोपनी भन्दा धेरै जमिनमा लगाएको बालीमा क्षेति पुगेको भए ७ हजार तथा एउटा टनेलमा लगाएको बालीमा क्षेति पुगेको भए ५ हजार र २ वा २ भन्दा बढी वटा टनेलमा लगाइएको टनेलमा क्षेति पुगेको भए १० हजारका दरले राहत वितरण गरिएको महाशाखा प्रमुख कडरियाले जानकारी दिनुभयो । महानगरले कुल १९ लाख २५ हजार आठसय राहत वितरण गरेको बताउनु भयो ।

