प्रतिनिधिसभा बैठकमा काँग्रेस र राजपाका सांसदकाे नाराबाजी

प्रतिनिधिसभाकाे बुधबार बसेकाे बैठकमा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका सांसदले नाराबाजी गरेका छन् । नाराबाजीकै वीचमा सभामूख कृष्णबहादुर महराले संसद बैठक अगाडि बढाउनुभएकाे थियाे ।

सभामुख कृष्णबहादुर महराले बोल्न समय नदिएपछि काँग्रेस र राजपाका सांसदले नाराबाजी गरेका हुन् ।

बैठक सुरु भएलगत्तै सिटबाट उठेका कांग्रेस र राजपा सांसदलाई सभामुख महराले बोल्न समय नदिइ माननीय सदस्यहरुले आफ्नो कुरा हिजो नै राख्नुभयो भन्दै संसद बैठक अगाडि बढाउनुभएकाे हाे ।

सभामुखले बाेल्ने समय नदिएका कारण कांग्रेस र राजपा सांसद उठिरहेका थिए । सभामुखले बस्न अाग्रह गरेपनि उनीहरू बाेल्ने समय माग गर्दै उठिरहेका थिए । सभामुखले केहीबेर प्रतिक्षा गरी ले बैठक अगाडि बढाए लगत्तै कांग्रेस र राजपा सांसदहरु संसदको बेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए ।

नाराबाजीकै बीच सभामुख महराले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका बजेटसम्बन्धी विधेयकका संबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउन समय दिनुभयाे । याेगीले जानकारी गराएपछि अर्को बैठक असार ३० गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएकाे छ ।

Facebook Comments