भारतमा भएको बार टेन्डर ड्रिङ्क कम्पिटिसनमा पोखराका गोविन्द थापा फस्ट रनरअप

भारतमा भएको बार टेन्डर ड्रिङ्क कम्पिटिसनमा पोखराका गोविन्द थापा फस्ट रनरअप हुनुभएको छ । इडिंयन फलेर बार टेन्डर एशोसियसनले भारतको मुम्बई र बेंग्लोरमा आयोजना गरेको कम्पिटिसनमा थापाले फस्ट रानरअप सहित बेष्ट कक्टेल अवार्ड जित्न सफल हुनुभएकाे हाे ।

२२ वर्षिय थापाले ३ वर्ष अगाडी शिक्षा संगै बार टेन्डर सिक्नलाई सुरुवात गर्नुभएको थियो । नेपालमा अझै फरक रुपमा हेर्ने बार टेन्डर पेशा इडिंयामा भने विकास भएको थापाको भनाई छ । पर्यटन संगै होटल तथा रेष्टुरेण्टको विकासको लागी बार टेन्डरले भुमिका खेल्ने थापाको बुझाई छ ।

थापाले बेंग्लोर, पुने, गोवा, मुम्बई लगायतका स्थानमा आफ्नो प्रस्तुति देखाउनुभएको छ । नकारात्मक रुपमा हेर्ने बार टेन्डरलाई आगामी दिनमा यसमै लागेर सकरात्मक रुपमा अगाडी बढ्ने थापाको लक्ष रहेको छ ।

बार टेन्डरलाई फलेरिङ्ग र जगलिङ्ग गरि २ तरिका बाट प्रस्तुति देखाईन्छ । विषेशत ठुला ठुला नाईट क्लव र रेष्टुरेण्टहरुमा पछिल्लो समय बार टेन्रलाई महत्व दिएको थापाले बताउनुभयो ।

भारतमा फस्ट रनरअप भएर आएपछि पोखरामा पनि बार टेन्डरलाई सकरात्मक रुपमा हेर्ने थापाको अपेक्षा छ ।

Facebook Comments