टी-२० विश्वकप छनोटमा नेपालद्वारा मलेसिया ७ विकेटले पराजित
नेपालले मलेसियालाई ७ विकेटले हराएको छ र टी-२० विश्वकप छनोटको एसिया फाइनलमा पहिलो जित हात पारेको छ ।
यो जितसँगै नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायमै छ । यसका लागि कतारसँग अप्रत्यासित हार व्यहोरेको नेपालले बाँकी खेल भने जित्नुपर्छ ।
वर्षाका कारण ९ ओभरमा छोट्इएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो । आठौं ओभरको अन्तिम बलमा छक्का हान्दै नेपाललाई जिताएका विनोद भण्डारी १३ रनमा अविजित रहे ।
नेपालको जितमा आक्रामक पारी खेलेका मल्लले कीर्तिमानी अर्धशतक बनाए । २१ बलको सामना गरेका उनले ५ चौका र ३ छक्काको मदतमा ५१ रन बनाएका हुन् ।
यसअघि टस हारेर ब्यटिङको निम्तो पाएको मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको थियो ।
Facebook Comments

