विजयपुर ब्रिज आइतबारबाट सञ्चालनमा आउने, परीक्षण सफल
पोखरा महानगरपालिका वडा नं. १४ र २६ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत विजयपुरमा रहेको विजयपुर खोलामा निर्माणधिन बेलीब्रिज आइतबारबाट बाट सञ्चालनमा आउने भएको छ ।
शनिबार परीक्षण गरेर आइतबारबाट भने सञ्चालनमा ल्याउने तयारीमा रहेकाे सडक डिभिजन कार्यालयले जनाएकाे छ । यसअघि शुक्रबारबाट पुल सञ्चालनमा ल्याउने तयारी रहेकाे थियाे ।
पुलमा नटबल कस्ने कार्य नसकिएकाले सञ्चालनमा ल्याउन ढिलाइ भएकाे छ । पुलमा ३५ टनसम्म भार बहन भएका सवारी साधन चलाउन दिने सडक डिभिजन कार्यलयका प्रमुख हरिप्रसाद पाेखरेलले जानकारी दिनुभयाे ।
पुलकाे दुवैतर्फ ५ दिनपछि पिच गर्ने तयारी सडक डिभिजन कार्यालयकाे छ ।

सोही ठाउँमा निर्माण भएको स्टिल ब्रिज सञ्चालनमा आएको १ दशकमै जीर्ण बनेपछि विकल्पमा बेलिब्रिज निर्माण गरिएको हो । बेलीब्रिज अस्थायी प्रकृतिको पुल हो । यो बेलीव्रिज ५ बर्ष सम्म सञ्चालन गर्न सकिने बताइएको छ । पाँच बर्ष भनेपनि ८ देखि १० बर्ष सम्म बेलिबिज्र प्रयोग गर्न सकिने जनाइएको छ ।
विजयपुरमा निर्माण भएको बेलिव्रिज २ लेनमा ५० मिटर लम्बाइको बेलिब्रिज हो । बेलिब्रिज निर्माणको जिम्मा सगरमाथा/जेजे (जेभी)ले पाएर काम गरेको हो । असार मसान्तभित्रनै निर्माण सक्ने गरी ठेकेदार कम्पनीले जिम्मा पाएको थियो । सामान बाहेक २ करोड २० लाख रुपैयाँमा काम सम्पन्न गर्न उक्त कम्पनीले ठेक्का पाएको थियो ।
विजयपुरमा रहेको पक्की पुलको सर्पोटमा रहेका फलामका पत्ता चर्केपछि लोड गाडीहरुलाई डाइर्भसन हुदै आवतजावत गराइएपनि ३ पटक सम्म डाइर्भसनमा खोलाले क्षति पुर्याएको थियो ।
१०टन भन्दा माथीका गाडीहरु गएको सोमबारदेखि डाइर्भसनमा आएको क्षति संगै रोकीएकोमा प्राविधिकहरुले पुल मर्मत गरेकोले पुरानै पुलबाट ३५ टन सम्मको गाडी सञ्चालन गर्न मिल्ने रिपोर्ट दिएपछि अहिले एक पटकमा ३५ टन क्षमता सम्मका लोडेड गाडीहरु पुरानै पुलबाट आवतजावत गर्ने ब्यबस्था मिलाइएको छ ।
पोखरा भित्रने लोडेड गाडीहरु बढिमा ३५ देखि ४० टन क्षमताको मात्रै हुने बताइन्छ । यस अगाडी विजयपुर पुल जीर्ण भन्दै १० टनमाथि भार भएका गाडीलाई खोलामाथि ह्युमपाइप हालेर बनाइएको डाइभर्सनबाट वारपार गराउदै आइएको थियो ।

