पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीकाे अध्यक्षमा योगेन्द्र बहादुर केसी चयन
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिको अध्यक्षमा योगेन्द्र बहादुर केसी सर्वसम्मत चयन भएका छन् ।
संस्थाको शुक्रबार पोखरामा सम्पन्न प्रथम साधारणसभा तथा प्रथम अधिवेशनबाट केसी अध्यक्ष पदमा चयन हुनुभएकाे हाे ।
केसी पृथ्वी राजमार्ग बस सञ्चालक समितिमा महासचिवकाे भूमिकामा रहेकामा समिति कम्पनीमा दर्ता भएपछि पहिलाे अध्यक्ष बन्नुभएकाे हाे । हुन् । उनी यसअघि महासचिवको भूमिका निर्वाह गरेका थिए ।
अध्यक्षमा चयन भएपछि केसीले संस्थालाई अझ राम्रो र सभ्य ढंगले सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ ।
उहाँले यातायात क्षेत्रमा देखिएको समस्या समाधानमा पहल गर्ने र व्यवसायीको हरेक पिर मर्कामा साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
पोखरामा प्रधान कार्यालय रहेको यस संस्था अन्तर्गत करिब १ हजार ६ सय सवारी साधन देशभर तथा भारतमा समेत सञ्चालन हुने गर्दछ ।
Facebook Comments

