सर्लाहीमा कुमार पाैडेलकाे मृत्यु सम्बन्धमा संसदीय छानविन गर्न माग, संसद अवरूद्ध

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपा लगायतका सांसदको विरोधका कारण प्रतिनिधिसभाको सोमबारको बैठक कार्यसूचिमा प्रवेश नगरी स्थगित भएको छ ।

प्रतिनिधिसभाको बैठक शुरु हुनेवित्तिकै विपक्ष दल काँग्रेस र राजपका सांसदहरु उठेर नाराबाजी गरेका थिए ।

उनीहरुले संसदीय सर्वोच्चता कायम गर भन्दै नारावाजी गरेका थिए भने सर्लाही घटनाको छानविनका लागि संसदीय समितिको गठनको माग गरेका थिए ।

निरन्तरको नाराबाजीपछि सभामुख कृष्णबहादुर महराले साउन १५ गतेसम्मका लागि संसद बैठक स्थगित गर्नुभएको हो ।

Facebook Comments