कक्षा १२ को परीक्षाफल सार्वजनिक हुँदै

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ । सोमबार साँझसम्म सार्वजनिक गर्ने तयारी बोर्डको छ ।

परीक्षा बोर्ड स्रोतका अनुसार परीक्षाफल प्रकाशितका लागि सबै तयारी पूरा भइसकेको छ । परीक्षार्थीले प्राप्त गरेको प्राप्तांक जोडेर रुजु गर्ने कामसमेत सकिएको छ ।

परीक्षाफल प्रकाशनका लागि सबै तयारी पूरा भएकाले सञ्चालकहरूको बैठक बस्न लागेको जनाइएको छ ।

परीक्षाफल प्रकाशन गर्न बैठकमार्फत निर्णय गराउने प्रचलन छ । विगतमा विज्ञान र अन्य विषयको परीक्षा अलग अलग समयमा प्रकाशन हुने गरेकामा यसपटक सबै विषयको परीक्षाफल एकैपटक प्रकाशित गर्ने तयारी बोर्डले गरेको छ ।

कक्षा १२ को परीक्षा गत वैशाखमा सञ्चालन भएको थियो । परीक्षामा देशभरबाट सहभागी ४ लाख परीक्षार्थी सहभागी भएका थिए ।

Facebook Comments