उदयपुर सिमेन्टको उत्पादन २ महिनादेखि बन्द हुँदा कराेडाैं नाेक्सान

सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग दुई महिनादेखि बन्द अवस्थामा रहेको छ । उत्पादन बन्द हुँदा दैनिक १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

गत जेठ २० गतेदेखि सिमेन्ट उत्पादन नहुँदा उद्योगलाई ५० करोडभन्दा बढी नोक्सानी भइसकेको छ ।

विद्युत् भोल्टेजको गडबढीले हाइटेन्सन जिबीएफ फ्यान मोटरमा क्षति पुग्दा ५५ दिनदेखि सिमेन्ट उत्पादन बन्द भएको हो ।

उक्त मोटर समयमै मर्मत हुन नसक्दा करोडौं नोक्सानी भएको छ ।

जापानी फुजी कम्पनीको मोटर खरिद गर्दा १ करोड ५० लाखसम्म लाग्ने भए पनि इन्डियन कम्पनीको खरिद गरेर ६५ देखि ७० लाख लाग्न सक्ने प्राविधिकहरु बताउँछन् ।

बिग्रिएको मोटर नेपाल ईन्जिनियरिङ एन्ड हाइड्रो वर्कसप बुटवल पठाइएको दुई महिना हुन लागेको छ । उद्योग व्यवस्थापनको ढिलासुस्तीले मोटर मर्मत हुन नसकेको बताइन्छ ।

Facebook Comments