नेकपाकाे सचिवालय बैठक निष्कर्षहीन
सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा सोमबार पनि विनानिष्कर्ष सकिएकाे छ । पार्टीमा विभिन्न विभागबारे टुंगाे लगाउन साेमबार सचिवालय बैठक बसेकाे थियाे ।
स्कुल विभागबारे पूर्व एमाले र माअेावादी केन्द्रवीच विवाद भएपछि अन्य विभागमा समेत बैठक अनिर्णित भएकाे हाे ।
स्कुल विभागमा नारायणकाजी श्रेष्ठ प्रकाश र ईश्वर पोखरेलको दाबी गरेका छन् । यसअघि पनि पटक पटक स्थगित हुँदै आएको सचिवालय बैठकमा साेमबार स्कूल विभागबारे कुनै छलफल नभएकाे प्रवक्ता नारयणकाजी श्रेष्ठकाे भनाइ छ ।
स्रोतका अनुसार बैठकको सुरुमा नै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ‘विभागहरुबारे अहिले छलफल नगरौं’ भन्ने प्रस्ताव राखेपछि विस्तृत छलफलका लागि साउन २८ गतेसम्मका लागि बैठक स्थगित गरिएकाे छ ।
नेकपाकाे सचिवालयले कुनै विभागकाे बारेमा कुनै निर्णय गरेकाे छैन, त्यसैले कुनै एक विभागका बारेमा विवाद भयाे भन्ने कुरा साँचाे हाेइन, बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयाे, ‘अव सबैसँग रुचीबारे सोध्ने र २८ गते सचिवालय बैठक बस्ने सहमति भएको छ ।
प्रवक्ता श्रेष्ठका अनुसार उक्त दिनमा व्यवस्थित र परिमार्जित प्रस्ताव ल्याउने सहमति भएकाे छ ।

