बिकास निर्माणका काममा ढिलाई नगर्न प्रधानमन्त्रीकाे मन्त्री र सचिवलाई निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले बिकास निर्माणका काममा ढिलाई नगर्न मन्त्री र मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनुभएकाे छ ।

सिंहदरबारमा गत बर्षकाे प्रगति विवरण र आर्थिक वर्ष २०७६–७७ को वार्षिक कार्ययोजना सम्बन्धि प्रस्तुतीकरणापछि प्रधानमन्त्रीले यस्ताे निर्देशन दिनुभएकाे हाे ।

साे अवसरमा प्रधानमन्त्री ओलीले ढिलाई नगरिकन समय तालिका अनुसार नै कार्यसम्पादन गर्न मन्त्री र सचिवहरूलाइ आग्रह गर्नुभएकाे थियाे ।

सो अवसरमा प्रधानमन्त्री ओली मन्त्रीहरुसंग कार्य सम्पादन सम्झौता पनि गरेका छन् । सम्झौता अनुसार काम गर्नुपर्ने प्रधानमन्त्रीकाे भनाइ थियाे ।

मन्त्री परिषद् पुर्नगठनकाे हल्ला चलिरहेका बेला प्रधानमन्त्रीले अहिलेकाे सरकार स्थिर रहेकाे भन्दै ढुक्क भएर काम गर्न आग्रह गर्नुभएकाे श्राेतले जनाएकाे छ ।

सरकारकाे काम कारवाहीका सम्बन्धमा देखिएका नकारात्मक पक्षलाइ चिरेर आर्थिक, सामाजिक बिकासमा लाग्नुपर्नेमा प्रधानमन्त्रीकाे जाेड थियाे ।  

Facebook Comments