बालिका बलात्कार अभियाेगमा नवलपरासीमा २ जना पक्राउ

नवलपरासीमा ११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा दुई पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा पश्चिम नवलपरासीका सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका दुवै जनाले बालिकाका आमाबुबा घरमा नभएको मौका छोपी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गर्दै आएकाे खुलेको छ ।
 

डेढ महिनादेखि उनीहरूले करणी गर्दै सोही प्रकृतिको जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालले जानकारी दिनुभयाे ।

पक्राउ परेका दुवैलाई जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

Facebook Comments