पर्यटन बर्षलाई प्रभावकारी बनाउन अर्थ तथा विकास समितिको निर्देशन
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले पर्यटन बर्षलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । शुक्रबार अर्थ तथा विकास समितिको १९औं बैठकमा गण्डकी प्रदेशका उद्योग पर्यटन बन तथा बातावरण मन्त्री विकास लम्साल लाई निर्देशन दिएको हो ।
अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले आन्त्ररिक पर्यटन बर्ष २०१९ , छिमेकी मित्रराष्ट्र आकर्षण भ्रमण बर्ष २०२० र अन्तर्राष्ट्रिय पर्यटन बर्ष २०२२ सवैलाई सफल बनाउन आजैदेखि प्रभावकारीरुपमा काम गर्न निर्देशन दिनु भएको हो ।
यस्तै पचभैयामा निर्माणधिन जुलोजिकल पार्कमा देखिएको समस्या स्थानीय संग सहकार्य गरेर समाधान गर्न मन्त्रालयलाई निर्देशन दिनु भएको छ ।
समितिको बैठकमा सांसद इन्द्रलाल सापकोटा,भागबत प्रकाश मल्ल,हरिषचन्द्र आचार्य , सरिता गुरुङ ,डोबाटे विश्वकर्मा , मिनप्रसाद गुरुङ,इन्द्रमोहन गौचन लगायतले आन्तरिक पर्यटनबर्षको हल्ला खल्ला नभएको मन्त्रालयमा मात्र सिमिति भएको बताउनुभएको थियो ।
पर्यटन बर्ष सफलबनाउन प्रचार प्रसारमा जोडदिनु पर्ने बताउनु भएको थियो ।
सांसदहरुको जिज्ञासा र प्रश्नहरुको जवाफ दिदै मन्त्री लम्सालले १ सय ५१ सदस्यीय पर्यटन समिति निर्माण भएको र अब भाद्र बाट सवै स्थानीय तह र जिल्लामा पर्यटन समितिहरु निर्माण हुने बताउनुभयो ।
उहाँले सांसदहरुको राम्रो सुझाबहरु दिएको भन्दै दिएका सुझाबहरुलाइ मन्त्रालयले ग्रहणगर्ने बताउनु भयो ।

