शिक्षा र आर्थिकमा सवल भए महिला शसक्तिकरण हुन्छन: मन्त्री पुन
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले महिला शसक्तिकरणको लागि शिक्षा र आर्थिक मुख्य पाटो भएको बताउनुभएको छ ।
महिला शिक्षित हुदा र आर्थिक रुपमा सवल हुदा महिला शसक्तिकरण हुने बताउनु भयो । महिला पर्यटन ब्यवसायी मञ्चको पोखरामा दोश्रो वार्षिक साधारण सभाको उद्घाटन गर्दे मन्त्री पुनले सो कुरा बताउनु भएको हो ।
उहाँले महिलाको क्षमता अभिबृद्धिको लागि मन्त्रालय तालिम दिन तयार रहेको भन्दै होटलमा प्रयोग हुने तरकारी ,दुध, चामल स्थानीय किसानले उत्पादन गरेको प्रयोग गर्न आग्रह गर्नु भयो । मन्त्रीपुनले श्रमिकहरुलाई पनि आफुहले तालिम उपलब्ध गराउने बताउनु भयो ।
गण्डकी प्रदेशका सांसद राजीव पहारीले पोखराको लेकसाइडमा राम्रो सिसि क्यामरा,शान्ति सुरक्षाको ग्यारेन्टी, वडा प्रहरी कार्यालयमा ६ सय प्रहरी भए मात्रै लेकसाइडलाई चौविसै घण्टा खुला गर्ने बताउनु भयो ।
सांसद पहारीले पोखराको पर्यटनको मुख्यक्षेत्र लेकसाइड भएको भन्दै लेकसाइडलाई हुनको लागि फेवाताल आबश्यक रहेको भन्दै तालसंरक्षणमा लाग्न आग्रह गर्नुभयो ।
सर्वाेच्च अदालतको निर्णय पनि कार्यान्वयन नभएको भन्दै सांसद पहारीले दुख ब्यक्त गर्नुभयो। पदमा बसेपछि सवैले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने सांसद पहारीको भनाई थियो ।
पोखरा महानगरपालिका वडानं ६का वडा अध्यक्ष जगत पहारीले फेवातालको लागि मापदण्डमा परेको जग्गा दिन स्थानीय तयार भएपनि सरकारले उचित मुआब्जा दिनुपर्ने बताउनु भयो ।
पर्यटन ब्यवसायी बासु त्रिपाठीले नीजि क्षेत्रबाट लेकसाइड क्षेत्रमा ८ खर्वको लगानी रहेको तर राज्यले सम्बोधन नगरेको बताउनु भयो ।
प्रदेश सरकारले पर्यटनलाई मुख्य भनेपनि कार्याक्रम र बजेटमा नपारेको बताउनु भयो ।
पर्यटन बर्ष सन २०२०का गण्डकी प्रदेशका संयोजक अग्नी कंडेलले सकारले गर्नुपर्ने काम नगर्दा लाजमर्दो भएको बताउनु भयो ।
कार्यक्रममा पोखरा पर्यटन बोर्डका कार्यालय प्रमुख काशीराम भण्डारी , पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवि पोखरेल ,मञ्चका सल्लाहकार पम्फा पहारी,सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष मिना भट्टराई ,जगदम्बा आमा समुहका अध्यक्ष मिरा पौडेल सचिव उमा भण्डारी ,उपाध्यक्ष पार्वती पाण्डेय लगायतले बोल्नु भएको कार्यक्रम मञ्चका अध्यक्ष जमुना पराजुलीको अध्यक्षतामा भएको थियो ।

