राजतन्त्र फर्कने संभावना छैनःसांसद अधिकारी

गोरखा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका सांसद हरीराज अधिकारीले राजतन्त्र फर्कने कुनै संभावना रहेकाे बताउनुभएकाे छ ।

गाेर्खामा आयोजित चौंथो सामुदायिक वन दिवस २०७६ कार्यक्रममा सम्बाेधन गर्दै सांसद अधिकारीले स्वर्गका देवता आएपनि राजतन्त्र नफर्कने बताउनुभयाे ।

सामुदायिक वन उपभोक्ता महासँघ गोरखाले गरेकाे कार्यक्रममा उहाँले ठूलो संघर्षबाट आएको अहिलेको उपलब्धी कसैले चाहँदैमा नउल्टिने जिकीर गर्नुभयाे ।

केन्द्रमा रहेकाे अधिकार गाउँगाउँमा ल्याउनु सामान्य परिवर्तन नभइ युगान्तकारी परिवर्तन रहेकाे उहाँकाे भनाइ छ । सांसद अधिकारीले स्थानीय जनप्रतिनिधिहरुलाई राजा भन्दै विरोध गर्नेहरु संविधान र संघीयता विरोधीहरु रहेकाे जिकीर गर्नुभयाे ।

सरकारले ल्याउन लागेको वैज्ञानिक वन व्यवस्थापन नीति देउताको अक्षर नभएकोले संस्था र जनताको हितमा परिवर्तन गर्न सकिने धारणा उहाँकाे छ ।

सामुदायिक वन उपभोक्ता समूहले वनको संरक्षण गरी पर्यावरण राम्रो बनाउनुका साथै गाउँमा नेताहरुको समेत उत्पादन गरेको अधिकारीको भनाई छ ।

उहाँले जंगलको रक्षा गर्ने, कुनै शुल्क राज्यको लगानी नभएको, सामुहिक भावनाको विकास भएको, आन्तरिक र वाह्य पर्यटनमा अगाडि बढेकोमा देशकै गौरव बढेको उल्लेख गर्नुभयाे ।

गोरखामा रहेका पाँचसय भन्दा धेरै सामुदायिक वन रहेका छन् । एक सामुदायिक वन एक उत्पादनमा जोड दिएर अगाडि बढे देशमा छिट्टै समृद्धि आउने सांसद अधिकारीकाे तर्क थियाे ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी अध्यक्ष भारती पाठकले महिला दिदी वहिनीहरु वन संरक्षण गर्नुहुन्छ, तर सुत्केरी हुँदा बस्नका लागि चाहिने खटिया बनाउन काठ पाउनुहुन्न भन्दै सरकारले ल्याउन लागेको वैज्ञानिक वन व्यवस्थापन नीति सामुदायिक वन र वन संरक्षण विरुद्ध रहेकाे बताउनुभयाे ।

सामुदायिक वनमा नविनतम सोच, उत्पादन, उद्यम र समृद्धिमा जोड नारा दिइएको उक्त कार्यक्रम गरिएकाे हाे ।

राजेन्द्र न्याैपानेकाे सहयाेगमा

Facebook Comments