युवामा शान्तिको महत्वाकांक्षा आवश्यक
हेभन्ली कल्चर वल्र्ड पिस रेस्टोरेसन अफ लाइट(एचडब्लुपिएल) र मिडिया एक्सन नेपालको आयोजनामा शान्ति सम्बन्धि गोष्ठी काठमाण्डौको लिवर्टी कलेजमा सम्पन्न भएको छ ।
युवाहरु शान्तिका लागि महत्वाकांक्षी हुनुपर्छ भन्ने नाराका साथ गोष्ठीको आयोजना गरिएको हो ।
युवाको आवाज शान्तिका पक्षमा हुनुपर्छ भन्ने भावका साथ आइतबार आयोजित कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले सहजीकरण गर्नुभएको थियो ।
एचडब्लुपिएलको अगुवाईमा विश्वभर यस्ता कार्यक्रम हुँदै आएका छन् ।
१ सय ७६ देशमा युवा तथा महिलाहरुको सहभागितामा शान्ति प्रवद्र्धन, मानव अधिकार, सामाजिक न्याय, समानताका पक्षमा यस्ता अभियान सञ्चालन गरेको आयोजकको दावी रहेको छ ।
शान्ति प्रवद्र्धनका लागि युवाहरुको महत्वपूर्ण भूमिका रहने मिडिया एक्सनका अध्यक्ष पन्तको भनाई छ ।
कार्यक्रमकै अवसरमा सहभागी विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष शान्ति प्रवद्र्धनमा सकारात्मक भूमिकाको अपेक्षा सहित शान्ति पत्र लेखेका थिए ।
शान्ति पत्र अभियान विश्वभर चलिरहेको छ । खास गरी एचडब्लुपिएलको अगुवाईमा तयार भएको युद्ध अन्त्य र शान्तिको घोषणा सम्बन्धि अवधारणा डिपिसिडब्लूलाई संयुक्त राष्ट्रसंघको अगुवाईमा लागू गराउनका लागि यस्ता अभियान सञ्चालन गरिएको बताइन्छ ।

