पुडासैनी आत्महत्या प्रकरणमा लामिछाने, कँडेल र कार्की पक्राउ

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानविनका लागि प्रहरीले न्यूज २४ का पत्रकारद्वय रवि लामिछाने, युवराज कुँवर र अस्मिता कार्कीलाई पक्राउ गरेको छ ।

न्यूज २४ टेलिभिजनको कार्यालयबाटै लामिछानेलाई पक्राउ गरिएको र चितवन प्रहरीलाई जिम्मा लगाइएको महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर मल्लले पनि शालिकराम पुडासैनीको आत्महत्याबारे छानबिन तथा अनुसन्धान गर्न पक्राउ गरिएको जानकारी दिनुभयो ।

माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सार्वजनिक भएको भिडियोमा लामिछाने, कँडेल र कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख थियो ।

पुडासैनीको गत साउन २० गते राती चितवनको एक होटलमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । परिवारले षडयन्त्रका साथ हत्या गरिएको भन्दै छानविनका लागि जाहेरी दिएका छन् ।

लामिछाने र कँडेल दुवैले सामाजिक सञ्जालमा पुडासैनीले लगाएकाे आराेप छानिवन गर्न माग गरेका छन् । कुनै गलत काम नगरेकाे दुवैले दावी समेत गरेका थिए ।

Facebook Comments