नेकपामा विभागका नेतृत्व चयन, ७ प्रदेशमा सहइञ्चार्ज थपियाे

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीमा रहने विभागमा नेतृत्व टुंगाे लगाएकाे छ । यसअघि विवाद भएकाे भनिएकाे स्कूल वविभागकाे नेतृत्व इश्वर पाेखरेललाई दिइएकाे छ ।

उक्त विभागमा पूर्व माओवादी र एमाले पक्षधरवीच विवाद रहेको थियो । जसका कारण पटक पटक पार्टी उच्च तहको बैठक समेत प्रभावित भएको बताइन्छ ।

उक्त विभागमा पूर्व माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ र एमालेका तर्फबाट इश्वर पोखरेल, बेदुराम भुषाल, घनश्याम भुषाल लगायतका नेताहरुले दावी गरेका थिए ।

त्यसै गरी बैठकले सातै प्रदेशमा २/२ जना सहइन्चार्ज थप गरेकाे छ भने सहित केन्द्रीय कार्यालयका सचिवहरु समेत तोकेको छ । शुक्रवार बसेको सचिवालय बैठकले केन्द्रीय कार्यालय सचिवमा श्रीराम ढकाल र ईश्वरी रिजाललाई चयन गरेको हो ।

दुई-दुईजना सहइन्चार्ज थपिएपछि अब हरेक प्रदेशमा तीन-तीनजना सहइन्चार्ज भएका छन् ।

माधव नेपाललाई विदेश विभाग प्रमुख, सुवास नेम्वाङलाई संसदीय विभाग प्रमुख, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई, नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईलाई पर्यटन विभाग प्रमुख निर्वाचन विभाग प्रमुखको जिम्मेवारी दिइएकाे छ ।

बैठकले मन्त्रीलाई सम्बन्धित मन्त्रालयकै विभाग प्रमुख बनाइएको छ । स्थायी कमिटी सदस्य नरहेका विना मगर,लालबाबु पण्डित, चक्रपाणि खनाल लगायतका मन्त्रीले पनि बिभागीय प्रमुखको जिम्मेवारी पाएका छन् ।

यसैवीच बैठकले बामदेव गाैतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेकाे छ । अहिले गाैतमलाई संगठन विभागकाे जिम्मेवारी दिइएकाे छ ।

नेकपाकाे पार्टी विधानमा उपाध्यक्षकाे व्यवस्था नरहेपनि सचिवालय बैठकले गाैतम लाई प्रस्ताव गरी स्थायी समिति र केन्द्रीय समितिमा अनुमाेदनका लागि पेश गर्ने निर्णय गरिएकाे हाे ।

Facebook Comments