सञ्चारकर्मी रवि लामिछाने सहित तीन जनालाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति

पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनमा रहेका सञ्चारकर्मी रवि लामिछाने सहित तीन जनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएकाे छ ।

विहीबार टेलिभिजनमा कार्यक्रमकाे तयारी गर्दै गर्दा पक्राउ परेका लामिछाने र युवराज कँडेल तथा त्यसअघि नै प्रहरीले नियन्त्रणामा लिएकाे अस्मिता कार्कीलाई अस्मिता कार्की ५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।

तीनै जनालाई आत्महत्या दुरुत्साहनको अनुसन्धान सिलसिलामा प्रहरीले पक्राउ गरेकाे हाे । पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने भन्ने आदेश भएको प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयाे ।

मुलुकी फौजदारी संहितामा आत्महत्या दुरुत्साहनलाई कर्तव्य ज्यान मुद्दाकै अंग मानिएकाे छ ।

आत्महत्या दुरुत्साहन अभियोग पुष्टि भए प्रहरीले कर्तव्य ज्यान मुद्दा नै अघि बढाउँछ। दुरुत्साहन मुद्दामा दाेषी ठहर भएमा पाँच वर्ष जेल सजाय हुने व्यवस्था छ।

पुडासैनीकाे सव चितवनको कंगारु होटलमा साउन २० गते झुण्डिएकाे अवस्थामा फेला परेकाे थियाे । बुधबार सार्वजनिक भएकाे भिडियोमा लामिछाने, कँडेल र कार्कीकै कारण आफले आत्महत्या गर्नुपरेकाे उल्लेख छ ।

लामिछाने र कँडेलले भने आफूहरू निर्दाेष रहेकाे र प्रहरी अनुसन्धानमा सहयाेग गर्ने प्रतिवद्धता जनाएका छन् ।

Facebook Comments