सिडियो विशेष अवस्थामा बाहेक प्रदेशकै मातहतः गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापा(बादल)ले प्रमुख जिल्ला अधिकारी सिडियो संघको प्रतिनिधि भए पनि प्रदेश सरकारको मातहत रहेर काम गर्नुपर्ने बताउनुभएकाे छ ।
उहाँका अनुसार प्रमुख जिल्ला अधिकारी (सिडियो)हरुले संघ र प्रदेशको दोहोरो भूमिका निर्वाह गर्नुपर्ने भएको छ ।
गृहमन्त्री थापाले राष्ट्रियसभा बैठकमा सिडिओहरुले दोहोरो भूमिका खेल्नुपर्ने अवस्था रहेको बताउनुभएको हो ।
सिडिओहरु (प्रमुख जिल्ला अधिकारी) मुख्यत प्रदेश सरकारकै मातहत रहने हो विशेष अवस्थामा संघले निर्देशन दिन सक्ने गृहमन्त्रीको भनाई छ ।
सांसदहरुले उठाएका सवालको जवाफ दिने क्रममा गृहमन्त्री थापाले भन्नुभयो, ‘प्रदेशको प्रहरी परिचालन गर्नु र्पयो भने प्रदेशकै प्रहरी प्रमुखको मातहतमा काम गर्नुपर्छ । निश्चितरुपमा सिडिओले दोहोरो भूमिका खेल्नुपर्छ । संघको प्रतिनिधि हुन्छ त्यो, तर प्रदेशमा गइसकेपछि ऊ प्रदेशको अधीनमा, प्रदेशको मातहतमा पनि काम गर्नुपर्छ ।’
अपराध अनुसन्धानसँग सम्बन्धित कार्यका लागि भने संघ सरकारले सीडीओहरुलाई निर्देशन दिन सक्ने उहाँको भनाई छ ।

