प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका सिंगापुर प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि बिहीबार सिंगापुर प्रस्थान गर्नुभएकाे छ ।

प्रधानमन्त्री १ ओलीले यसअघि पनि गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण र उपचार गराउनुभएकाे थियाे ।

श्राेतले दिएकाे जानकारी अनुसार प्रधानमन्त्री ओली यसपटक पनि फलाेअप र थप उपचारका लागि सोही अस्पतालमा जानुभएकाे हाे ।

यसपटक १५ दिनसम्म उपचार अवधि रहने बताइएकाे छ । प्रधानमन्त्रीकाे सचिवालयले यस भ्रमणलाइ पूर्व निर्धारित कार्यक्रम नै भएको बताएको छ ।

प्रधानमन्त्री ओलीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि उपचार गर्न सिंगापुर गएको प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्या सिंह शाहले बिहीबारै प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएकी छन् ।

यसअघि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको मेडिकल रिपोर्टबारे कसैले पनि मुख खोलेको थिएनन् ।

निजी चिकित्सक डा सिंहले विज्ञप्तिमा भनेकी छन्, ‘यसअघिको परीक्षणमा प्रधानमन्त्रीको मृगौलासम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिन गएको थियो ।

एन्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकण गर्ने उपाचार विधिलाई निरन्तरता दिन उहाँ पुनः सिंगापुर जान लाग्नुभएको हो ।’

Facebook Comments