पुडासैनी आत्महत्या प्रकरणः लामिछाने, कँडेल र कार्कीविरूद्ध दुरूत्साहन मुद्दा दर्ता

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी अनुसन्धान सकिएकाे छ ।

अनुसन्धान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा सञ्चारकर्मी रवि लामिछाने सहित ३ जना विरूद्ध मुद्दा दर्ता गराएको छ ।

सरकारी वकिलले प्रहरी अनुसन्धान प्रतिवेदनका अध्ययनपछि लामिछाने अर्का पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीविरूद्ध  जिल्ला अदालतमा आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा दर्ता गरिएकाे हाे ।

अदालतमा मुद्दा दर्ता भएसँगै बयान शुरू भएकाे छ । अदालतमा सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस शुरू भएकाे हाे ।

थुनछेक बहसपछि अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउने भन्नेबारे निर्णय सुनाउनेछ ।

चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार अस्मिता कार्कीकाे बयान शुरू भएकाे छ । लामिछाने र कँडेलकाे बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

न्यायधिश हेमन्त रावलको इजलासमा एक/एक जनाको पालैपालो बयान सुरु भएको हो ।

अस्मिताको बयान सकिएपछि रवि लामिछोने वा युवराज कँडेलको बयान सुरु हुनेछ । तीनै जनाको बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ । थुनछेक बहस साेमबार मात्र हुने भएकाे छ ।

Facebook Comments