उपनिर्वाचनमा कम्युनिस्ट पार्टीका उम्मेदवार जिताउन सभापति कोईरालाको अपिल


गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोईराला (रुपक)ले मंसिर १४ गते हुने उप निबार्चनमा कम्युनिष्टपार्टी (नेकपा)का उम्मेदवारलाई जिताउन अपिल गर्नुभएको छ । पोखार महानगर वाडनं ३३ भरतपोखरीमा रहेको बाघमारा युवा संगम समूहद्वारा आयोजित तीज महोत्सव तथा स्व.रविन्द्र स्मृति भलिवल प्रतियोगिता कार्यक्रमको समापन कार्यक्रममा बोल्दै सभापति कोइरालाले सो कुरा बताउनु भएको हो ।

उहाँले नेकपाले उठाउने उम्मेदवारनै आफुहरुको आधिकारिक उम्मेदवार हुने हुदा जो उठाएपनि जिताउनु पर्ने बताउनु भयो ।
नेकपाको विकल्पमा अर्को कुनै विकल्प नभएकोले चुनावमा पार्टीको उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । कास्की क्षेत्रनं २को विकासको लागि पनि नेकपाले जित्नै पर्ने कोइरालाको भनाई थियो ।

कोइरालाले स्व रविन्द्र अधिकारीको योगदानको स्मरण गर्दे अधिकारीले देखेको सपना पुरा गर्न पनि नेकपाले जित्नु बाहेक अर्को विकल्प नभएको बताउनु भयो ।

कार्यक्रममा बाघमारा युवा संगम समूहका अध्यक्ष महेश अर्याल स्थानीय यातायात प्रालिका अध्यक्ष केदार पौडेल, नेकपाका नेता जीवन खाती स्थानीय हरिप्रसाद आचार्य लगायतले आ आफ्नो भनाई राख्नु भएको थियो ।

Facebook Comments