कांग्रेसले फेरि जागरण अभियान सञ्चालन गर्ने
नेपाली कांग्रेसले दोस्रोपटक जागरण अभियान सञ्चालन गर्ने भएको छ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भरतपुरमा पत्रकारसँग कुरा गर्दै पार्टीले दोस्रो चरणमा जागरण अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभएको हो ।
नेता सिटौलाले पार्टीको गतिविधि र सरकारका गलत काम कारवाहीको बारेमा गाउँगाउँमा नागरिकलाई सूसूचित गराउन कालागि पुनः जागरण अभियान मार्फत् जनतामा जान लागिएको बताउनुभयो ।
पार्टीका वडा तहसम्मका संरचना कात्तिक मसान्तसम्म सक्ने र मंसिरसम्ममा संघीय व्यवस्था अनुसार संगठन निर्माण कार्य सक्ने उहाँको भनाई छ । महाधिवेशनको बारेमा भने मंसिरपछि मात्र तयारी थालिने उहाँको भनाई छ ।
पार्टीका भातृ संगठन नेपाल विद्यार्थी संघ, तरुण दल लगायतले पूर्णता नपाउनुमा पार्टी केन्द्रकै कमजोरी रहेको भन्दै त्यसले पार्टीलाई समेत असर गरिरहेको सिटौलाले उल्लेख गर्नुभयो ।

