५ बर्ष ओलीकै नेतृत्वमा सरकारः वरिष्ठ नेता खनाल

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अहिलेकै सरकार ५ बर्षसम्म रहने बताउनुभएको छ ।

झापामा पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा पाँच वर्षसम्म सरकार सञ्चालन हुने बताउनुभएको हो ।

उहाँले मन्त्रिमण्डल हेरफेर भने हुनसक्ने भन्दै वर्तमान सरकार नै ५ बर्षसम्म रहने बताउनुभयो ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रवीच एकता हुँदा सरकार र पार्टी नेतृत्वका सम्बन्धमा आलोपालो सहमति भएको थियो ।

नेता खनालले पार्टी एकीकरणको काम लगभग सकिएकाले अव पार्टी पूर्ण रुपमा गतिशील हुने जिकीर गर्नुभयो ।

उहाँले विकास र समृद्धिका लागि अब तीनै तहका सरकारले गति बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेता खनाल शुक्रबारदेखि भद्रपुर जेसिजको आतिथ्यमा भद्रपुरमा हुनलागेको नेपाल जेसिजको क्षेत्र ‘क’ सम्मेलनमा सहभागी हुने कार्यक्रममा रहेको छ ।

Facebook Comments