भारतको चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्न विफल
भारतको महत्वकाक्षीं अन्तरिक्ष अभियान चन्द्रयान–२ असफल भएको छ । चन्द्रमामा अवतरण हुन २ किमी बाँकी रहँदा चन्द्रयान २ सम्पर्क विच्छेद भएको हो ।
चन्द्रमामा अवतरण हुने क्रममा रहेका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेत इसरो मुख्यालयमा हुनुहुन्थ्यो ।
चन्द्रमामा यान अवतरण प्रयास असफल भएपछि पनि मोदीले विज्ञानमा कहिल्यै असफलता नहुने बताउनुभएको थियो । उहाँले विज्ञानमा सधैं नयाँ प्रयोग र नयाँ तथ्य पत्ता लगायत प्रयास हुने बताउनुभएको थियो ।
प्रधानमन्त्री मोदीले एक दिन भारतले निरन्तरको प्रयासबाट चन्द्रमा यान अवतरण गर्ने कार्यमा सफलता पाउने विश्वास व्यक्त गर्नुभएको थियो ।
मोदी सम्बोधनपछि इसरो मुख्यालयबाट बाहिरिएका मोदीलाई इसरो प्रमुख कैलासवटिवु शिवनले अंगालो हालेर रोएको भिडियो सार्वजनिक भएको छ । जुन समाजिक सञ्जालमा समेत भाइरल बनेको छ ।

शिवन रुन थालेपछि मोदीले शिवनलाई अंगालो हालेर पिठ्युमा धाप लगाउँदै हौसला दिएको िभडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो ।
भारतको चन्द्रयान अभियानको महत्वपूर्ण चरण शनिबार विहान पुरा हुँदैथियो । चन्द्रयान–२ अन्तर्गतको ‘विक्रम’ नाम दिइएको ल्याण्डर चन्द्रमाको सतहमा अवतरण गर्नुपर्ने थियो । तर, सतहभन्दा दूई किमीमाथि रहदाँ विक्रमसँग सम्पर्क टुटेको हो ।

अन्तरिक्ष कार्यक्रमको एउटा महत्वकांक्षी योजनमा भारतलाई असफलता हात लागेको छ । यस अन्तरिक्ष अभियानलाई विज्ञान प्रविधिको क्षेत्रमा महत्वपूर्ण रुपमा हेरिएको थियो । एजेन्सीको सहयोगमा

