काङ्ग्रेसका सभापति देउवा र चिनीयाँ विदेशमन्त्री वाङवीच भेटवार्ता
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले शिष्टाचार भेट गर्नुभएकाे छ ।
भेटवार्तामा द्विपक्षीय हित, चासो तथा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली काङ्ग्रेसबीचको सम्बन्ध लगायत विषयमा छलफल भएकाे बताइएकाे छ ।
भेटघाटमा सहभागी परराष्ट्रविद् डा. दिनेश भट्टराईका अनुसार सभापति देउवाले चीन सरकारका तर्फबाट नेपालमा भइरहेकाे सहयाेगप्रति धन्यवाद प्रकट गर्नुभएकाे थियाे ।
सभापति देउवाले एक चीन नीतिप्रति नेपालकाे समर्थन रहेकाे उल्लेख गर्नुभएकाे थियाे ।
भेटमा सभापति देउवाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बारेमा चासो राखेकाे बुझिएकाे छ ।
चिनीयाँ विदेशमन्त्री वाङले उपयुक्त समयमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुने कुटनीतिक जवाफ दिनुभएकाे थियाे ।
सो भेटमा काङ्गे्रसका तर्फबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि सहभागी रहनुभएकाे थियाे ।
विदेशमन्त्री वाङ्सँगै चिनियाँ प्रतिनिधिमण्डलका सदस्य सहभागी थिए । विदेशमन्त्री वाङ नेपालको तीन दिवसीय औपचारिक भ्रमण पुरा गरी मंगलबार नै स्वदेश फर्कने कार्यक्रम रहेकाे छ ।

