संविधान दिवस नमनाउने सबै राष्ट्रघाती हाेइनन्ः राजपा नेता महताे
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधानमा असहमति प्रकट गर्नेजति राष्ट्रघाती भए ७० प्रतिशत राष्ट्रघाती रहेकाे ठाेकुवा गर्नुभएकाे छ । मधेसी, थारू, जनजाति सबै संविधानप्रति असन्तुष्ट रहेकाे महताेकाे तर्क छ ।
नागरिकको असन्तुष्टि हुँदाहुँदै संविधान दिवस मनाउन भनेर उर्दी जारी गरेर मात्र हुन्छ, संसद बैठकमा सम्बाेधन गर्ने क्रममा महताेकाे प्रश्न थियाे ।
सरकारले मनाउन लागेको संविधान दिवसलाई गाइजात्राकाे संज्ञा दिंदै सांसद महताेले मधेसी, जनजाति र थारूहरूले ब्ल्याक अाउन गर्ने बताउनुभयाे ।
सरकारमै रहेका उपप्रधानमन्त्रीले संविधान दिवस नमनाउने अवस्था छ, महताेले भन्नुभयाे, ‘यो गाइजात्रे दिवस नमनाउनुस् क्या, आफ्नै सरकार पनि दिवस मनाइरहेको छैन, पुरै सरकार । ७० प्रतिशत जनता, दुई तिहाइ जनता त विरोध दिवस, काला दिवस ब्ल्याक आउट गरिरहेको छ, यो गाइजात्रे हिसाबले संविधानलाई ब्यहावर नगरियोस् । संविधान सम्पूर्ण नेपालीका लागि बनोस् ।’

