साझा पार्टी गोरखा संयोजकमा किशोर रेग्मी चयन
साझा पार्टीको गोरखा जिल्ला संयोजकमा किशोर रेग्मी चयन हुनुभएकाे छ ।
शुक्रबार संविधान दिवसको दिन पारेर आयोजित एक कार्यक्रमका बीच रेग्मीलाई जिल्ला संयोजकको रुपमा पार्टीले सार्वजनिक गरेको हो ।
कार्यक्रममा साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्र र गण्डकी प्रदेश संयोजक महेश भण्डारीले संयुक्त रुपमा माटोको टिका लगाएर जिल्ला संयोजक घोषणा गर्नुभएकाे हाे ।
साझा पार्टीको जिल्ला संयोजक घोषणा भएसँगै रेग्मीले जिल्लाका नगरपालिका र गाउँपालिकाहरुमा संगठन विस्तार अभियानलाई तिव्रता दिने बताउनुभयाे ।
‘पार्टीको संगठनलाई स्थानियस्तरबाटै बलियो बनाउने कुरा मेरो प्राथमिकता रहनेछ । र, पार्टीले दिएको यो जिम्मेवारीलाई मैले सफलतापूर्वक निभाउन प्रयास गर्नेछु।’ रेग्मीले भन्नुभयाे ।
संगठन विस्तारको क्रममा रहेको साझा पार्टीले अन्य जिल्लाहरुमा पनि सँयोजक घोषणा गर्ने क्रमलाई तिव्रता दिएको छ ।
यसै बीच पार्टी निर्माण सँगै साझा पार्टी गण्डकी प्रदेशले अब कास्कीमा हुन लागेको उपनिर्वाचनमा जित्नेगरी लागि पर्ने प्रदेश संयोजक महेश भण्डारीले जानकारी दिनुभयाे ।
‘चतुमुर्खी ब्रह्मका झैँ अब हाम्रो सम्पूर्ण उर्जा र उत्साह चुनावमा खर्च गर्ने छौँ, त्यसको लागि फरक र सृजनात्मक चुनावी अभियानमा साझा पार्टी लाग्ने छ।’ संयोजक भण्डारीले भन्नुभयाे ।
अहिले गोरखास्थित हरमटारीचोकमा भई रहेको घोणणा सभा कार्यक्रममा साझा पार्टी संयोजक रवीन्द्र मिश्र र प्रवक्ता डा. सूर्यराज आचार्य लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्नुभएकाे बताइएकाे छ ।

