ठेकेदारलाई राजनीतिक संरक्षण हुँदा विकास आयोजना प्रभावितः प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संरक्षणका कारणा देशैभरका विकास आयोजना प्रभावित बनेकाे बताउनुभएकाे छ ।
राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ठेक्का लिनेबेलादेखि नै राजनीतिक संरक्षण हुने गरेकाले विकास प्रभावित बनेकाे बताउनुभयाे
समयमै काम नगर्ने ठेकेदारलाई समेत राजनीतिक संरक्षण रहेकाले झण्डै १७ सय याेजना प्रभावित बनेकाे प्रधानमन्त्री ओलीले स्वीकार गर्नुभयाे ।
हालसम्म ठेक्का पाउनेदेखि काम नगरी बस्नेहरुलाई उच्च तहको राजनीतिक संरक्षण हुँदा राज्य संयन्त्र नै निरीह बन्दै समेत प्रधानमन्त्रीकाे भनाइ थियाे ।
प्रधानमन्त्री ओलीले ठेकेदारलाई हुने राजनीतिक संरक्षण बन्द गर्ने तर्फ सबै लाग्नुपर्ने बताउनुभयाे ।
‘ठेक्का लिंदा नै नेताको पहुँच दुरपयोग गर्ने, त्यसपछि काम नगरेपनि सरकारी निकायले कारबाही गर्न खोज्दा पुनः राजनीतिक नेताकै पहुँचमा संरक्षण गर्ने। जसरी माउले छोप्दा चीलले चल्ला उठाउन सक्दैन त्यसैगरी काम नगर्ने ठेकेदार बच्दै आएका थिए, अब त्यस्तो नहुने प्रधानमन्त्रीकाे भनाइ रहेकाे छ ।
काममा ढिलाइ गर्ने ठेकेदारलाइ अब कालाेसूिचमा राख्ने बताउँदै एकपटकका लागि समय थप्ने अन्यथा कार्वाही गर्ने बताउनुभयाे ।
विकासका लागि जनता पनि जागरूक हुनुपर्ने प्रधानमन्त्रीकाे धारणा थियाे । जनता आफैं तत्पर नभए देश बन्दैन भन्ने कुरा जनतालाई नै बताएर समृद्धितर्फ अघि बढ्न प्रेरित गर्नुपर्ने बताउँदै प्रम ओलीले आम जनता बीच जागरणको लहर सृजना गर्नुपर्ने बताउनुभयो । ‘हामीले पपुलिस्ट काम होइन, दीगो विकासका काम गर्नु पर्दछ । हामीले आमजनताका बीच जागरणको लहर श्रृजना गर्नु पर्दछ,’ उहाँको भनाई थियो ।

