जनताकाे सेवा दिन नसके कम्युनिष्ट पार्टीकाे औचित्य छैन्ःचिनीयाँ नेता

 नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूले जनताकाे सेवा नगरे कम्युनिष्ट पार्टीकाे औचित्य नरहने बताएका छन् ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले काठमाण्डाैमा गरेकाे प्रशिक्षण कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले पार्टीकाे मुख्य उद्देश्य नै जनतालाई सेवा दिनु हुनुपर्ने बताउनुभयाे ।

कम्युनिस्ट पार्टीको मुख्य उद्देश्य जनतालाई सेवा दिनु हाे, अन्यथा कम्युनिष्ट पार्टीकाे औचित्य नरहने प्नमुख साेङकाे भनाइ थियाे ।

साेङका अनुसार सि जिनपिङ विचारधाराले जनतालाई प्रमुख स्थानमा राख्ने गर्दछ । नेता सोङले नेपालमा कम्युनिष्ट पार्टीकाे मजबुत सरकार रहेकाले जनताको जीवनस्तर राम्रो बनाउने लक्ष्यका साथ काम गर्नुपर्ने बताउनुभयाे ।

शुद्धीकरण कम्युनिष्ट पार्टीमा महत्वपूर्ण हुन्छ, साेङले भन्नुभयाे ‘हामी आत्मक्रान्ति र शुद्धिकरण चाहन्छौं, कम्युनिस्ट पार्टी र अरुमा फरक के छ भने यसले जनताको हितमात्र हैन आफ्नो क्षमता बढाउने र शुद्धिकरणमा जोड दिन्छ ।’

चीनमा आर्थिक विकासलाइ जाेड दिएकाले ऐतिहासिक उपलब्धी प्नाप्त भएकाे भन्दै उहाँले नेपालमा पनि राजनीतिक उपलब्धि भइसकेकाले आर्थिक विकासलाई जोड दिनुपर्ने बताउनुभयाे ।

चिनीयाँ राष्ट्रपति सि जिनपिङकाे संभावित नेपाल भ्रमणकाे पूर्वसन्ध्यामा चिनीयाँ र नेपाल कम्युनिष्ट पार्टीकाे संयुक्त प्रशिक्षण भएकाे हाे ।

Facebook Comments