नेमकिपाको महाधिवेशन सम्पन्न, विजुक्छे पुनः अध्यक्षमा चयन

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) महाधिवेशन सम्पन्न भएकाे छ ।

महाधिवेशनले ४४ बर्षदेखि एकछत्र राज गर्दै आउनुभएका नारायणमान बिजुक्छे (रोहित)लाइ नै पुनः अध्यक्ष चयन गरेकाे छ ।

नेमकिपाको सोमबार सम्पन्न सातौं महाधिवेशनले पार्टी नेतृत्वमा पुनः बिजुक्छेलाई नै निरन्तरता दिने निर्णय गरेकाे हो ।

यसअघि संसदकाे निर्वाचनमा भाग नलिने घाेषणा गरी अन्य नेताहरूलाइ अवसर दिनुपर्ने बताउनुभएका विजुक्छेले पार्टी नेतृत्वमा समेत नयाँ पुस्तालाइ अगाडि सार्ने अनुमान गरिएपनि त्यसाे हुन सकेन् ।

महाधिवेशनपछि नेमकिपाले जनताको प्रजातन्त्रलाई तत्कालीन कार्यक्रमका रूपमा अगाडि बढाउने भएकाे छ ।

Facebook Comments