कमिसनकाे लाेभ देखाउँदै एजेन्ट बनाइ खातामा रकम ट्रान्सफर

बैंककाे सिस्टम ह्याक गर्ने व्यक्तिले नेपालका विभिन्न व्यक्तिहरूलाइ एजेन्ट बनाएर रकम लुटपाट गरेकाे खुलेकाे छ । एजेन्टले कमिसन दिने भन्दै नेपालमा एजेन्ट तयार पारेकाे प्रहरीकाे अनुसन्धानमा खुलेकाे छ ।

पिटर भनिने अफ्रिकी मूलका नागरिकले भारतमा बसेर बैंककाे सिस्टम ह्याक गरेर विभिन्न व्यक्ति(जसलाइ एजेन्ट बनाएका थिए)का नाममा बैंककाे पैसा जम्मा गरेकाे प्रहरीकाे अनुसन्धानमा खुलेकाे हाे ।

३५ प्रतिशतसम्म कमिसन दिने भनेपछि सजिलै रकम पाइने लाेभमा एजेन्ट बनेका पनि देखिन्छ्न् । गत असाेज ५ गते कृषि विकास बैंक लहान शाखाको रकम विभिन्न व्यक्तिका नाममा रहेकाे साेही बैंककाे खातामा जम्मा गरी सामाजिक सञ्जालमा साेकाे जानकारी दिएर एजेन्टलाइ निकाल्न लगाएकाे खुलेकाे हाे ।

उक्त लुटपाटमा एजेन्टका रूपमा संलग्न भएका १२ जनालाई प्रहरीले मंगलबारसम्ममा पक्राउ गरेकाे हाे । एकै व्यक्तिका नाममा एउटै देशका विभिन्न स्थानबाट २० पटक रकम ६० हजारका दरले पैसा पठाइएको थियो। रेमिटान्सका कर्मचारीले शंका गरेपछि कृषि विकास बैंकमा भएकाे ठूलाे लुटपाटकाे घटना खुलेकाे हाे ।

अफ्रिकन मूलका नागरिक पिटरले बैंकको सिस्टम ह्याक गरी नुवाकोट मेघाङ गाउँपालिका ४ का ४३ वर्षीय लवाङ तामाङकाे खातामा ५० लाख जम्मा गरेर साेकाे जानकारी ह्वाट्स एपमा भिडियाे कल गरेर जानकारी दिएकाे प्रहरी अनुसन्धानमा खुलेकाे छ । साे मध्ये कमिसनमा पाउने रकम बाहेक ३१ लाख रूपैयाँ पिटरलाइ नै पठाउने तयारीका साथ लेवाङले गोंगबु शाखाबाट ३१ लाख रुपैयाँ आइतबार झिकेर तारकेश्वर नगरपालिकास्थित आफ्नो डेरामा पुर्‍याएपनि पिटर सम्म पुग्न भने पाएन । हुण्डी मार्फत रकम पठाउन लेवाङलाइ भनिएकाे थिषाे ।

आइतबार राति ११ बजे लेवाङ पक्राउ परेपछिमात्र बैंकको सिस्टम ह्याक भएकाे खुलेको थियो।

पानस रेमिटकाे पनि सिस्टम ह्याक गरिएकाे हुनसक्ने अनुमान प्रहरीले गरेकाे छ ।

सामान्य परिवारका लेवाङकाे जडिबुटी व्यापार सम्बन्धि किम्ताङ इम्पेक्स प्रा.लि. नामक कम्पनी काठमाण्डाैमा छ।

कृषि विकास बैंक सिरहा शाखाबाट आइतबार चार करोड ७३ लाख रकम लुटिएको थियो। सो रकम विभिन्न एजेन्टहरूको खातामा पुगेको थियो।

प्रहरीले एजेन्टहरू नुवाकोट मेघाङ गाउँपालिका(४ का तामाङसहित रसुवा नौकुण्ड गाउँपालिका ५ की लक्ष्मी तामाङ, निर्मला तामाङ, निमा तामाङ, काठमाडौं तारकेश्वर नगरपालिका २ का सञ्जय घले, सर्लाही हरिवन नगरपालिका २ का पुष्पराज खड्का, लमजुङ दोर्दी गाउँपालिका ३ का विद्यासागर लामिछाने, तनहुँ भानु नगरपालिका ९ का श्रवणकुमार श्रेष्ठ, भक्तपुर ठिमी नगरपालिका ४ की सुनिता श्रेष्ठ, भारत कलकत्ता घर भई काठमाडौं बस्दै आएका शुबन्कर पन्जा, कैलाली भजनी नगरपालिका ३ का विजय साह र भजनी नगरपालिका १ कै चन्द्रबहादुर बुढालाई पक्रेको छ। अन्य ८ जना एजेन्टहरू फरार रहेकाले खाेजी भइरहेकाे पनि प्रहरीले जनाएको छ।

यसअघि चिनीयाँ नागरिकले एजेन्ट प्रभु बैंक, एन आइसी एशिया, कैलाश विकास बैंक लगायतबाट पनि भिसा कार्डकाे सिस्टम ह्याक गरी नेपाल र भारतबाट कराेडाैं रूपैयाँ लुटपाट भएकाे थियाे ।

साे घटनामा संलग्न चिनीयाँ नागरिक(कमिसनमा काम गर्ने)लाइ प्रहरीले तत्कालै पक्राउ गरी रकम बरामद गरेकाे छ भने मुख्य याेजनाकारबारे भने अहिलेसम्म पत्ता लगाउन सकेकाे छैन् ।

पिटरले पनि ५ अर्व बढी लुटपाटकाे याेजना बनाएकाे खुलेकाे छ ।

Facebook Comments