पब डान्सिङ बोट दाेस्राे बर्ष प्रवेशकाे अवसरमा विभिन्न कार्यक्रम गरिदैं
पोखराको पर्यटकीय क्षेत्र लेकसाइडको हल्लनचोकमा अवस्थित“पब डान्सिङ बोट”पहिलो बर्ष पूरा गरी दोस्रो बर्षमा प्रवेश गरेको छ ।
पब डान्सिङले दोस्रो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा विभिन्न सामाजिक कार्य गर्दै आफ्नो बार्षिक उत्सव मनाउँदैछ ।
कार्यक्रम अन्तर्गत शुक्रबार पोखरा बृद्दाश्रमका करिब ५५ जना जेष्ठ नागरिकहरु र सिद्दार्थ चोकस्थित शिशु स्याहार केन्द्रका करिब ५० जना सुस्त मनस्थितिका बालबालिकाहरुलाई पबको संस्कृति र पब भित्रको वातावरणको अनुभूति दिलाउने उदेश्यले परिसर भित्रै खाना, नास्ता,जुस र चियो पेय पदार्थको व्यवस्था सहित हाउस ब्याण्डको सांगीतिक प्रस्तुतिबाट मनोरन्जनात्मक कार्यक्रम गरिदैंछ ।
समाज र यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने उदेश्य सहित बिभिन्न कार्यक्रम गर्न लागिएको बताइन्छ ।
पोखरा र यस क्षेत्रमा घुम्न आउने स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई लक्षित गरी विभिन्न खानाका परिकार एबं पेय पदार्थहरुको उत्कृष्ट स्वादको साथमा दैनिक लाइभ म्युजिक संगै पारिवारिक वातावरणमा ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
डान्सिङ बोटका प्रबन्ध निर्देशक भिष्मराज पौडेलका अनुसार संगितसंगै पारिवारिक वातावरणमा ग्राहक सेवा प्रदान गर्ने गरिएकाे छ ।
डान्सिङ बोटले दोस्रो बर्षमा प्रवेशको उपलक्ष्यमा ग्राहकहरुलाई सेप्टेम्बर महिनाको अन्त्यसम्म मेनुमा १५ प्रतिशत छुट,कम्प्लिमेन्ट्री गिफ्ट भौचर तथा लक्की ड्रका कार्यक्रम पनि संचालन भइरहने कर्पोरेट मेनेजर लेखनाथ पहारीले जानकारी दिनुभयाे ।

