निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि चुनाव चिन्ह प्रदान

मंसिर १४ मा हुने उप निर्वाचनका लागि दलहरूले चुनाव चिन्ह पाएका छन् ।

निर्वाचन आयोगले नयाँ दर्ता भएका दलहरूलाई मंसिर १४ गतेको उपनिर्वाचनका लागि चुनाव चिन्ह प्रदान गरेको हाे।

आयोगमा दर्ता कायम रहेका नेपाली कांग्रेस लगायतका दलहरूले पुरानै चुनाव चिह्न पाएका छन्। तर एकीकरण भएका र नयाँ दर्ता भएका दलहरूले भने नयाँ चुनाव चिन्ह पाएका छन्।

एमाले र माओवादी एकतापछि बनेको सत्तारूढ नेकपाले उपनिर्वाचनमा सूर्य चुनाव चिन्ह प्रयोग गर्ने भएको छ।

यसअघि तत्कालीन माओवादी केन्द्रले प्रयाेग गरेकाे गोलाकारभित्रको हँसिया हथौडा चिन्ह यसपटक गाेपाल किराँतीकाे नेतृत्वकाे माओवादी केन्द्रले पाएकाे छ ।

त्यस्तै, सत्तारूढ समाजवादी पार्टीले पाँच औंलासहितको हत्केला चुनाव चिन्ह प्रयोग गर्ने भएको छ।

त्यस्तै, साझा पार्टीले तराजु चुनाव चिन्ह पाएको छ। सिके राउतको जनमत पार्टीले लाउड स्पिकर चुनाव चिन्ह पाएको छ।

तर पाँच औंलासहितको हत्केला चुनाव चिन्ह भनेकाेमा साे पार्टीका नेता डा.बाबुराम भट्टराइले असन्तुष्टी जनाउनुभएकाे छ । हात भन्नुपर्ने नेता भट्टराइकाे तर्क छ ।

निर्वाचन आयोगले प्रदान गरेका चुनाव चिन्ह

Facebook Comments