हिन्दुहरूको महान चाड बडादशैं शुरू, घर घरमा जमरा राखियाे

हिन्दु नेपालीहरुको महान चाड बडादशैं शुरू भएकाे छ । आइतबारदेखि नवरात्री पनि शुरू भएकाे छ ।

दशैंकाे पहिलो दिन आइतबार घरघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ । 

घटस्थापनाको उपलक्ष्यमा काठमाडौँको हनुमानढोकामा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखिएको छ । 

दशैंघरमा बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा बैदिक पूजापाठसहित जमरा राखिएको हो ।

प्रत्येक वर्ष आश्विन शुल्क प्रतिपदा देखि सुरु हुने नेपालीको चाड दशैं घरघरमा जमरा भित्राएसँगै सुरु हुने गर्दछ।

घटस्थापनाकाे दिनमा विधिपूर्वक राखिएकाे जमरा पूर्ण कलशकाे जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद रूपमा ग्रहण गर्ने प्रचलन छ। 

विजयादशमीको टीका यो वर्ष असोज २१ गते परेको छ भने नेपाल पन्चाङ्ग निर्णायक समितिले टीकाको शुभसाइत १० बजेर ३५ मिनेटमा ताेकेकाे छ ।

Facebook Comments