नेकपाको वडा कार्यालय उद्घाटन संगै शुभकामना आदान प्रदान सम्पन्न

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)को पोखरा महानगरपालिका वडानं ३२मा वडा कार्यालय बुधबार उद्घाटन गरिएको छ ।

नेकपाका कास्की जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेशका सांसद कृष्ण बहादुर थापाले कार्यालयको उद्घाटन गर्नुभएको हो ।

कार्यलय उद्घाटन संगै अध्यक्ष थापाले कम्युनिष्ट पार्टीले आफुहरुले चुनावको बेला जनको विचमा गरेका बाचा विस्तारै पुरा हुदै गएको बताउनुभयो ।

उहाँले कम्युनिष्टहरु बलियो हुदा देश बलियो हुने र कम्युनिष्ट कमजोर भए गणतन्त्र,लोकतन्त्र सघियता सवै समाप्त हुन सक्ने बताउनुभयो ।

उहाँले देश विकासको गतिमा अगाडि बढेकोले बाहिरको हल्लाको पछाडि नलागग्न कार्यकर्ताहरु लाई आग्रह गर्नुभयो ।

देश र जनताको समृद्धिको लागि दुई अध्यक्ष केपी ओली र प्रचण्ड दृढ रहेकोले मुलुक समृद्धि तर्फ अग्रसर भएको बताउनुभयो ।

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला(रुपक)ले सरकारले गरेका राम्रो कामको स्थापित गर्न नसकेको बताउनुभयाे ।

नेकपाको वडा कार्यालय उद्घाटन संगै शुभकामना आदान प्रदान सम्पन्न भन्दै अब पार्टी कमिटी पुर्णता भएकोले वडाबाटै सरकारको कामको प्रचार गर्नुपर्नेमा उहाँकाे जोड थियाे ।

आउदै गरेका नेपालीहरुको महानपर्वहरुको शुभकामना दिदै कोइरालाले पार्टी वडा कार्यालय ब्यस्थित रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो ।

समृद्ध नेपाल खुशी नेपालीको लागि सवै सकारात्मक ढंगले अगाडि बढ्नु पर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी कास्कीका सचिव बखान सिंह गुरुङ (आभाष)ले नेपाल बनाउने जिम्मा जनताले कम्युनिष्ट पार्टीलाई दिएको भन्दै पार्टीले पाँच बर्षमा निर्वाचनको बेला गरेका बाचा पुरा गरेरै छाड्ने बताउनुभयो ।

अहिले दुई बर्षमै काम भएन भनेर जनतामा भ्रम फिजाउने काम ठिक नभएको बताउनुभयो । नेकपा ३२ नम्बर वडाका अध्यक्ष अर्जुन मल्लले वडाको विकासको लागि नेकपा सधै जनताको साथमा रहेको बताउनुभयो ।

Facebook Comments