विकास र प्रविधिकाे क्षेत्रमा नयाँ युग प्रारम्भ भयाेः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकासले गति लिइरहेकाे बताउनुभएकाे छ ।
बुधबार नेपाल टेलिकमको मोबाइलमा उच्च गतिको फोरजी सेवा शुरु गर्दै यसले मुलुकको विकास र प्रविधिका क्षेत्रमा नयाँ युग प्रारम्भ भएकाे बताउनुभयाे ।
प्रधानमन्त्री ओलीले सरकार नयाँ अभियानका साथ विकासको नयाँ गतिमा अघि बढिरहेको सन्दर्भमा पूँजी र प्रविधिको हस्तान्तरणले नागरिककाे जीवनमा समेत परिवर्तन गराउन सहयाेग गर्नुपर्ने बताउनुभयाे ।
सूचना प्रविधिमा भएकाे विकासले आगामी सन् २०२० मा २० लाख पर्यटक ल्याउने सरकारकाे याेजनालाइ सहयाेग पुग्ने प्रधानमन्त्री ओलीकाे भनाइ छ ।
मुलुकका शुरु भएको अप्टिकल फाइबर बिछ्याउने काममा ढिलाइ गर्न नहुने र ढिलाइ गर्ने ठेकेदारसँग काम फिर्ता लिएर नयाँ ढङ्गले जान समेत तयार हुने पर्ने बताउनुभयाे ।
प्रधानमन्त्रीले भन्नुभयो, “राष्ट्रको विकासलाई बाधा र अवरोधको काम स्वीकार्य हुन सक्दैन । काम सयममा पूरा नभएमा ठेक्का फिर्ता लिनुस् । गणस्तरीय काम नभएर लापर्वाही भएमा कारबाही गर्नुस् । सेवाग्राहीलाई सेवा दिएर देशको समृद्धिमा लाग्नुस् ।”
कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभर भएको फोरजी सेवा विस्तारले सरकारले प्रविधिकाे विकासमा अगाडि बढेकाे पुष्टी हुने बताउनुभयाे ।
कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पछिल्लोपटक तोकिएको समयभित्रै मुख्य शहररुमा फोरजी सेवा विस्तार गरिएकाे उल्लेख गर्नुभयाे । सरकारी कम्पनी भएकाले टेलिकमले नागरिलाई सस्तो र भरपर्दो सेवा दिन सक्नुपर्ने बताउनुभयाे ।
कार्यक्रममा टेलिकमका सञ्चालक समिति अध्यक्ष महेन्द्रमान गुरुङले अब विस्तारै फाइभजी सेवा सूचारू गर्नेतर्फ लाग्ने, डिजिटल पेमेन्ट गेटवेका रुपमा मोबाइकल मनी सेवा पनि थाल्ने जानकारी दिनुभयाे ।
फोरजी सेवाको विस्तारले समग्र देशको अर्थतन्त्र र नागरिकको जीवनस्तर सुधारमा समेत सहयाेग पुग्ने अपेक्षा गरिएकाे टेलिकमले जनाएकाे छ ।

