स्याङ्जा भैरव कालिका मन्दिर स्वरेक कोटमा आज कालरात्रि मेला
स्याङ्जाको प्रख्यात शक्तिपीठ स्याङ्जा भैरव कालिका मन्दिर स्वरेक कोटमा आज कालरात्रि मेला लाग्ने गर्छ
महाअष्ठमीको दिन कालरात्री पुजाको लागि भीरकोट नगरपालिका र वालिङ नगरपालिकाका स्थानीयहरुको सहभागिता रहने गर्छ ।
आज राती १२ बजे कालोपाठो बलि चढाएपछि मात्र सो मन्दिरमा बलि पुजा सुरु हुनेगर्छ नबमीको दिन पञ्चेबाजा सहित पञ्चबली पुजा संगै मन्दिरमा दर्शन गर्न आउनेहरुको भीड लाग्ने गर्छ । हिजो फुलपाती भित्राएको स्वरेक कोटमा दशैको दिन विहान सामुहिक टिका लगाउने चलन पनि रहि आएको छ ।
स्वरेक महापुर मैदानमा रहेको राजेन्द्र भवानी देवीको मन्दिरमा आज बलि चढाउने र भाकल गर्नेहरुको भिड लागेको थियो । त्यहा महाअष्ठमीको दिन दिउसोमा बलिचडाउनेहरु पुजा गर्नेहरुको भिड लाग्ने गर्छ । फाइल तस्विर
Facebook Comments




