स्याङ्जाका हरि पौडेललाई घ्यालसोङ्दो समाज अमेरिकाद्वारा आर्थिक सहयोग


स्याङ्जा अर्जुनचौपारी गाउँपालिका वडानं ३ सिरिण्डाँडाका हरि प्रसाद पौडेललाई घ्यालसोङ्दो समाज अमेरिकाले आर्थिक सहयोग गरेको छ ।
स्याङ्जा समाज अमेरिकाको पहलमा घ्यालसोङ्दो समाजका ३४ जना सदस्यहरुले १० डलर दे्खि ४० डलर सम्म सहयोग गरेको नेपाली ८० हजार स्याङ्जा समाज अमेरिकाका अध्यक्ष वीरेन्द्रजंग केसीले पौडेलकै घरमा पुगेर एक कार्यक्रमका विच मंगलबार हस्तान्त्रण गर्नुभयो ।
रकम हस्तान्तरण गर्दे अध्यक्ष केसीले आफुहरु अमेरिका भएपनि मन भने आफ्नै देश र जिल्लामै हुने बताउनु भयो ।

केसीले आफ्नो जिल्लामा सहयोग गर्न पहिलो प्राथामिकता राखेपनि अप्ठेरो परेकाहरु देशका जुनसुक्कै ठाउँमा पनि सहयोग गर्ने बताउनु भयो । पौडेललाई गत बर्ष अस्पतालमै पुगेर स्याङजा समाजले २५ हजार सहयोग गरेको बताउदै अहिलेको रकम घ्यालसोङ्दो समाजले गरेको सहयोग हस्तान्त्रण गरिएको बताउनु भयो । पौडेल गत बर्ष मंसिरमा दाउरा काट्न जादा रुखबाट खसेर दुवै खुट्टा भाचिएर हिड्डुल गर्न पनि नसक्ने हुनुभएको छ । उहाँका साना साना ६ जना छोरा छोरी रहेका छन् । रकम बुझ्दै गहभरि आँसुपार्दे पौडेलले भन्नु भयो हजुरहरुको लागि यो ८० हजार हो तर मेरो लागि ८० अरव बराबरको सहयोग हो ।


अर्जुन चौपारी गाउँपालिकाका अध्यक्ष दीर्घनारायण अर्यालले रखबाट लडि घाइते भएर उपचारार्थ पौडेललाई गरेको सहयोग प्रति स्याङजा समाज अमेरिका र घ्यालसोङदो समाजलार्य धन्यबाद दिनु भयो । पौडेलले गाउँपालिकाले पनि सहयोग गर्ने प्रतिवद्धत्ता जनाउनु भयो । सोही गाउँपालिकाका उपाध्यक्ष चीनमाया गुरुङले अति आबश्यक ब्यक्तिलाई आर्थिक सहयोग गरेको भन्दै समाजको प्रंसास समेत गर्नुभयो । कार्यक्रममा अर्जुन चौपारी गाउँपालिका वडान. ३का अध्ययक्ष राजकुमार घले,पुतलीबजार नगरपालिका वडानं १३का अध्यक्ष ख्यामनारायण अधिकारी, पुर्व गाविस अध्यक्ष खडानन्द पौडेल ,स्याङजाली सम्पर्क सदन पोखराका अध्यक्ष लीलाप्रसाद पंगेनी,सदनका सचिव गोविन्द्र काफ्ले, लगायतले स्याङजा सहयोग समाजको पहलमा भएको आर्थिक संकलन र सहयोग प्रति आभार प्रकट गर्दे स्याङजा समाज अमेरिका संग सधै हातेमालो गर्दे कार्यक्रमहरु गर्दे अगाडि बढ्ने बताउनु भएको थियो ।

https://www.youtube.com/watch?v=29rJGCXSgY0&feature=youtu.be

स्याङ्जा समाज अमेरिकाका सचिव शिब केसीले समाजले केहि दिन पहिले स्याङजा अन्तराष्ट्रिय सहयोग समाजको कार्यक्रममा भीरकोट बयरघारीका बालकलाकार प्रिन्स लम्साललाई २० हजार र गल्याङकी बोनम्यारोको समस्या भएकी विमलाराना मगरलाई ७० हजार सहयोग गरेको बताउनु भयो ।

Facebook Comments