पार्टीले जिम्मेवारीबाट हटाएलगत्तै लाेहनी पक्राउ
नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका नेता गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएकाे टाेलीले लोहनीलाई मंगलबार बिहान भरतपुर महानगरपालिका–११ बसेनी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका लोहनीलाई प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।
लोहनीलाई पार्टीले विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले भने स्वास्थ्य समस्या कारण पार्टी जिम्मेवारीबाट मुक्त गरेकाे थियाे ।
लोहनीलाई माइजथेनिया ग्रयनविज\स्पोन्डिलोसिस रोग लागेकाे छ । याे राेग लाखाैं मध्ये १ लाइ मात्र हुने राेग रहेकाे चिकित्सककाे भनाइ छ ।
Facebook Comments

