देशको समृद्धि टोलवाट शुरु हुन्छ सभापति कोइराला

गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला(रुपक)ले देशको समृद्धि टोलवाट शुरु हुने वताउनु भएको छ । शनिबार आवासनगर टोल विकास संस्थाको साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन गर्दे कोइरालाले सो कुरा वताउनु भएको हो । उहाँले आवासनगर जस्तै सवै टोल ब्यवस्थित भए देश विकास हुनको लागि समय नलाग्ने पनि बताउनु भयो ।

कोइरालाले देशमा मुल्यबृद्धि भएको गुनासो आइरहेको भन्दै मुल्य वृद्धि रोक्नको लागि आफ्नै उत्पादन हुनु पर्ने बताउनु भयो । सरकारले उत्पादन वृद्धिको लागि कृषि पशुपालनमा अनुदान देखि उत्पादनको आधारमा अनुदान दिएको पनि स्मरण गराउनु भयो । कोइरालाले बजारमा बस्नेहरुले अरु नसकेपनि कागती र खुर्सानी आफ्नै घरको करेसाबारी वा कौशीमा लगाएर पनि खान सकिनेमा जोड दिनु भयो । कोइरालाले ज्येष्ठ नागरिकहरुको सरकारले निशुल्क विमा योजना ल्याएकोले सवै ज्येष्ठ सदस्यहरुको निशुल्क विमा गराउन पनि आग्रह गर्दे जहाँ अभिभावकको सम्मान हुन्छ त्यस घर र समाज राम्रो छ भन्ने सवैको बुझाई पनि रहने बताउनु भयो ।


पोखरा महानगरपालिका वडानं २७का वडाध्यक्ष पुर्ण वहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वडान २७का अध्यक्ष सुर्यमणि लामिछाने , वडानं २७का जनप्रतिनिधि सस्वती नेपाली (सरु) , टोलका सल्लाहकार नेत्रपाणी बास्तोला,जग्गादाता लक्ष्मी श्रेष्ठ (साइराम) स्थानीय कृष्णचन्द्र पोखरेल लगायतले बोल्नु भएको कार्यक्रममा जग्गादाता शुक्रराज तिमिल्सीना,लक्ष्मी श्रेष्ठ(साइराम) र प्रथम अक्षयकोष दाता हिरामणि सुवेदीलाई प्रमुख अतिथि कोइराला र विशेष अतिथि वडाअध्यक्ष गुरुङले टिका ,दोसल्ला र सम्मान पत्रले सम्मान गर्नु भएको थियो । यसैविच टोलका सवै ज्येष्ठ नागरिकहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

सो टोलमा ९५ घर रहेको छ । टोलका अध्यक्ष पार्वती गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव चन्द्रकान्त पौडेलले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष चक्रबहादुर शाहीले गर्नुभएको थियो ।

Facebook Comments