नेकपामा उपनिर्वाचनमा उठाउने उम्मेदवारबारे छलफल

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंसिर १४ मा हुने उपनिर्वाचनमा उठाउने उम्मेदवारका बारेमा छलफल शुरू भएकाे छ ।

शनिबार प्रधानमन्त्रीकाे निवास बालुवाटारमा बसेकाे सचिवालय बैठकमा मंसिर १४ मा हुने उपनिर्वाचनबारे छलफल सुरू भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले अाफ्नाे स्वास्थ्य अवस्थाका बारेमा समेत जानकारी दिनुभएकाे थियाे ।

प्रवक्ता श्रेष्ठका अनुसार प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्था सामान्य नै रहेकाे छ । समय अभावका कारण जिल्ला, प्रदेश कमिटीले गरेका सिफारिशबारे अध्ययनमात्र गरिएकाे र भाेली बस्ने बैठकबाट निर्णय लिइने श्रेष्ठले उल्लेख गर्नुभयाे ।

Facebook Comments