गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले पदभार ग्रहण गर्नुभएकाे छ ।

शेरचनले बुधबार प्रदेश प्रमुखको कार्यालयमा पुगी पदभार ग्रहण गर्नुभएकाे हाे ।

साे अवसरमा नेपाली सेनाले सलामी प्रदान गरेको थियो। हिन्दू धर्मअनुसार पूजाआजा गर्दै फूलपाती र भेटी चढाएर शेरचनले कार्यालय प्रवेश गर्नुभएकाे हाे ।

पदभार ग्रहणका अवसरमा गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरूङ, प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सांसदहरु, प्रमुख जिल्ला अधिकारी, अरू विशिष्ट सरकारी अधिकारीहरुकाे उपस्थिति रहेकाे थियाे ।

Facebook Comments