भारतले सार्वजनिक गरेकाे नयाँ नक्साकाे विराेधमा विद्यार्थी संगठनकाे प्रर्दशन

भारतले केही दिनअघि सार्वजनिक गरेको नयाँ नक्साको विरोध गर्दै विद्यार्थीहरू संगठनकाे अगुवाइमा काठमाडौंमा प्रदर्शन गरिएकाे छ ।

प्रदर्शनमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूकाे अगुवाइ रहेकाे थियाे ।

भारत सरकारले जारी गरेकाे पछिल्लाे नक्सामा नेपाली भूमी लिपुलेक र कालापानी समावेश भएकोमा नेपालमा विराेध भएकाे छ ।

सामाजिक सञ्जालमा समेत भारतीय कदमकाे चर्काे विराेध भएकाे छ ।

‘लिपुलेक हाम्रो हो’ लेखिएको प्ले कार्डसहित काठमाडौंको भृकुटीमण्डपबाट अखिलले प्रदर्शन गरेको हो। उनीहरूले लिपुलेक, कालापानी हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद! भन्दै नारा लगाएका थिए।

नेपालका भूमि भारतीय नक्सामा पर्दा सरकार चुप लागेर बस्न नमिल्ने प्रर्दशनकाे अगुवाइ गरेका विद्यार्थी संगठनकाे भनाइ छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पनि भारतको नयाँ नक्साको विरोध गर्दै प्रदर्शन गरेको छ। 

यसअघि भारतले जम्मु कस्मिरलाई दुई केन्द्रशासित क्षेत्र बनाएको नयाँ नक्सा सार्वजनिक गरेको थियो।

उक्त नक्सामा नेपालले दाबी गर्दै आएको कालापानी, लिपुलेकलाई भारतीय सीमाभित्र राखिएको छ। भारतको उक्त नक्साको नेपालमा अहिले चर्को विरोध भइरहेको छ।  

Facebook Comments