बंगलादेशका राष्ट्रपति अब्दुल हमिद काठमाण्डाैंमा

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल भ्रमणकाे काठमाण्डाैं आउनुभएकाे छ ।

उहाँलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आफैं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म पुग्नुभएकाे थियाे ।

बंगलादेशी राष्ट्रपतिको तीन दशकपछिको नेपाल भ्रमण हो । दुई देशबीच द्विपक्षीय व्यापार सुरुआत भएको २३ वर्ष भयो ।

तर, नेपालले व्यापार सन्तुलन भने गुमाउँदै गएको छ । याे भ्रमणले दुई देशबीचकाे व्यापारिक सम्बन्ध पुन: प्रवर्धन हुने बताइएको छ ।

Facebook Comments