कम्युनिष्ट सरकारलाई पाठ सिकाउन कांग्रेसले चुनाव जित्नुपर्छ डा. रिजाल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कास्की क्षेत्र नं. २ का चुनावी कमाण्डर डा. मिनेन्द्र रिजालले देशको इज्जतका लागि पनि यो चुनाव कांग्रेसले जित्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले यो चुनाव जितेर कम्युनिष्ट सरकारलाई पाठ सिकाउन आवश्यक रहेको बताउनुभयो ।
यो निर्वाचनमा जितेर काँग्रेस सत्तामा पुग्ने त होइत, तरपनि काँग्रेसप्रतिको विश्वास जगाउन पनि चुनाव जित्नुपर्ने आवश्यक रहेको उहाँको भनाई छ ।
सरकार अलोकतान्त्रिक काम गर्न उद्धत रहेको जिकीर गर्दै नेता रिजालल संविधानको रक्षा गर्दै सरकारका अलोकतान्त्रिक गतिविधि रोक्न काँग्रेसले जित्नुपर्ने बताउनुभयो ।
चुनावी अभियानका लागि कास्कीमा १ सातादेखि खटिएका नेता रिजाल पहिलो चरणको घरदैलो अभियान पश्चात् पार्टीका नेता कार्यकर्ता भेटघाटमा सक्रिय रहनुभएको छ ।
उहाँले पार्टी नेता कार्यकर्तालाई घरमा बसेर चिया गफमा भुल्ने भन्दा पनि मतदाताकोमा पुग्न निर्देशन समेत दिनुभएको छ । अवको १० दिन पार्टीका लागि समय छुट्याउन नेता रिजालको आग्रह रहेको छ ।
यसैबीच कास्की कांग्रेसको घरदैलो तथा मतदाता भेटघाट अभियान तीव्र बनाएको छ । पोखराका ११ वटै वटा र वडाभित्रका सबै टोलमा कांग्रेसका नेता कार्यकर्ता पुग्ने, मतदाता भेटघाट गर्ने कार्यक्रम तीव्ररुपमा भइरहेको कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज शुक्रबार पोखरा–२० को मौजा आँटीघरमा उम्मेदवारसहितको मतदाता भेटघाट भइरहेको छ । साथै पोखरा–४ र ९ मा पनि कास्की कांग्रेसका उच्च नेताहरू सहितको घरदैलो भइरहेको छ ।
पोखरा ३३ मा पनि पार्टीका केन्द्रीय सदस्य जीवन परियार घरदैलोमा सक्रिय रहनुभएको छ । बिहीबार ५ वटा वुथ केन्द्रित सम्पर्क कार्यालय शुभाम्भ गरिएको नेता परियारले जानकारी दिनुभयो ।
यता, पार्टीका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाट पनि पोखरा ८ मा निरन्तर सक्रिय रहनुभएको छ ।

