पोखरामा मंसिर ५ गते स्याङ्जाली सांगीतिक साँझ हुने

स्याङ्जाली सम्पर्क सदन पोखराको रजत जयन्तीको पावन असवरमा पोखरामा यहि मंसिर ५ गते स्याङ्जाली सांगीतिक साँझ २०७६ हुने भएको छ ।

मंगलबार पोखरामा पत्रकार भेटघाटको आयोजना गरेर सदनले जानकारी गराएको हो । विहिबार हुने सांगीतिक साँझको तयारी पुरा भएको सदनका अध्यक्ष लिलाप्रसाद पंगेनीले जानकारी दिनुभयो ।

पहिलो पटक आयोजना गरिएको सागीतिक साँझमा सम्पुर्ण स्याङ्जालीहरुलाई विभिन्न माध्यमबाट निमन्त्रणा गरिएको जानकारी दिनुभएको छ ।

कार्यक्रममा पुरुषोत्म न्यौपाने,रमेश बिजी,शर्मिला गुरुङ,पशुपति शर्मा,रामजी खाँण,दुर्गा गुरुङ,खुमन अधिकारी, राजु गुरुङ ,शंकर विरही गुरुङ, नव गायक चेतन गोतामे लगयातका चर्चित कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका पुर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेको संयोजनमा २७ भन्दा बढि स्याङ्जाली कलाकारहरुको प्रस्तुति रहने बताइएको छ ।

कलाकार पुरुषोत्म न्यौपानेले दुई चार एल्वम निकालेका कलाकार मात्रै स्याङ्जामा २ सय भन्दा बढि रहेकोले सवै कलाकारलाई समेट्न नसकेको बचाउनुभयो ।

सदनका महासचिव धर्मराज अर्यालले कार्यक्रममा १०लाखको आम्दानी हुने र करिव पाँच लाख बचत हुने बताउनुभयो ।

सभागृह हलमा दिउसो २ः १५ बजेबाट शुरु हुने कार्यक्रममा ३ सय, ५ सय र एक हजारको टिकट दर रहेको बताउनु भयो । उहाँले १२ सय दर्शकले प्रत्यक्ष सांगीतिक साँझमा सहभागी हुने बताउनु भयो ।

Facebook Comments