नवनियुक्त मन्त्रीहरूकाे सपथ सम्पन्न

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद हेरफेर गर्नुभएकाे छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिकाे कार्यालयले मन्त्रिमण्डल पुनर्गठनबारे बुधबार अबेर सूचना जारी गरेकाे थियाे ।

मन्त्री परिषदमा नयाँ सदस्यका रूपमा जिम्मेवारी पाएकाहरूकाे सपथग्रहण सम्पन्न भएकाे छ ।

९ नयाँ मन्त्री तथा राज्यमन्त्रीको सपथग्रहण राष्ट्रपति कार्यालयमा सम्पनन भएकाे हाे ।

केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा ६ मन्त्री र ३ राज्यमन्त्री गरी ९ जना नयाँ अनुहार आएका छन् ।

पुनर्गठित मन्त्रिमण्डलमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ मन्त्री र मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धर राज्यमन्त्री बन्नुभएकाे छ ।

यसअघि कृषि तथा पशुपंक्षी विकास मन्त्री रहनुभएका चक्रपाणि खनालकाे ठाउँमा घनश्याम भुषाल, उद्याेग तथा बाणिज्य अापुर्ति मन्त्री मातृका यादवकाे ठाउँमा लेखराज भट्ट , श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टकाे ठाउँमा रामेश्वर राय यादव, महिला तथा बालबालिका मन्त्री थममाया थापाकाे ठाउँमा पार्वत गुरूङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितकाे ठाउँमा ह्रदेयश त्रिपाठी र भाैतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठकाे ठाउँमा बसन्तकुमार नेम्वाङले जिम्मेवारी पाउनुभएकाे छ ।

यस्तै राज्यमन्त्रीहरु धनबहादुर बूढा, रामकुमारी चौधरी र सुरेन्द्र कुमार यादव पनि हट्नेमा पर्नुभएकाे छ ।

Facebook Comments